क्रोएसिया पठाइदिने भन्दै रकम ठगीको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

क्रोएसिया पठाइदिने भन्दै रकम ठगीको आरोपमा एक जना पक्राउ


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापति रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रजापतिलाई मंगलबार मध्यान्ह कौशलटारबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रजापतिले रामप्रसाद साहसहित सात जनाबाट १४ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

क्रोएसियामा पुगेपछि प्रतिष्ठित होटलमा मासिक एक लाख रुपैयाँ तलब हुने आश्वासन देखाएर प्रजापतिले व्यक्तिहरूसँग रकम संकलन गर्न थालेका थिए। प्रतिव्यक्ति १२ लाख रुपैयाँ लागत लाग्ने भन्दै प्रजापतिले रकम संकलन गरेका थिए। रकम संकलन गरेर सम्पर्कविहीन भएपछि पीडितले कार्यालयमा उजुरी दिएका थिए।

उजुरीपछि खोजीका लागि परिचालन भएको प्रहरी टोलीले प्रजापतिलाई पक्राउ गरेको रेग्मीले बताए।

पक्राउ परेका प्रजापतिलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उनले बताए।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : १६ बजे

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र