उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक | Khabarhub Khabarhub

उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड, २०७९ अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल र दीपेश कँडेल, एथलेटिक्सकी राममाया बुढा, गल्फका सद्भाव आचार्य, फुटबलकी सुजाता तामाङ, बक्सिङकी सुस्मा तामाङ र फुटबका युनेश बुढाथोकी मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका बक्सिङका बाटाले एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसीपमा नेपाललाई कास्य पदक दिलाएका थिए । यस्तै उनले पोखरमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक प्राप्त गरेका थिए ।

यसैगरी क्रिकेटका देवले नेपालले करिब आठ वर्षपछि सन् २०२४ को आइसिसी यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । क्रिकेटकै कँडेलले आइसिसी यू–१९ विश्वकपको एसिया छनोटको फाइनलमा युनाइटेड अरब इमिरेटस् ९युएई० विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । नेपालले आइसिसी यू–१९ विश्वकपको एसिया छनोटको उपाधि जित्दा कँडेलले पाँच विकेट लिएका थिए ।

यस्तै एथलेटिक्सकी बुढाले १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसीपमा जुनियर व्यक्तिगत र समूहगत स्पर्धामा रजत पदक प्राप्त गरेकी थिइन् । उनले एपिएफ परिवार महिला सङ्घको आयोजनामा भएको हाफ म्याराथनमा स्वर्ण जितेकी थिइन । बुढाले गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण, पाँच किलोमिटर दौडमा रजत तथा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।

गल्फका आचार्यले सुवास तामाङसँग मिलेर नेपाल टुरिजम कप र बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसीपमा स्वर्ण जितेका थिए । उनले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण तथा व्यक्तिगत स्पर्धामा रजत पाएका थिए ।

यसैगरी फुटबलकी तामाङ बङ्गलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसीपको उपाधि नेपालले जित्दा मुख्य खेलाडी थिइन् । फुटबलकै बुढाथोकी श्रीलङ्काको कोलम्बोमा भएको साफ यू–१७ च्याम्पियनसीप फुटबलमा नेपाल उपविजेता हुँदा मुख्य भूमिका निर्वा गरेका थिए ।

त्यसैगरी वर्षको उत्कृष्ट प्रशिक्षकमा अनन्त थापा (फुटबल), भगवती रानामगर (फुटबल), भरत शाह (भलिबल), चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), जगत टमाटा (क्रिकेट), मोन्टी देशाई (क्रिकेट) तथा ओङ्देन लामा (पौडी) मनोनयनमा परेका छन् । मनोनयनमा परेका आठ जनामध्ये उत्कृष्ट तीनको छनोट गरिने छ । तीमध्ये एक जनालाई विजेता घोषणा गरिने मञ्चले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ०६ बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको