भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने « Khabarhub

भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको हो ।

नेपालमा खेलकुदका ठूला कार्यक्रम गर्न काठमाडौँमा खुला ठाउँ अभाव भएका कारण खेलकुद मन्त्रालयले यस्तो रंंगशाला भक्तपुरमा निर्माण गर्न सकिने सहरी विकास मन्त्रालयसँग प्रस्ताव गरेको हो ।

यसमा सहरी विकास मन्त्रालय पनि सहमत भइसकेको र तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने मन्त्रालयबीच प्रारम्भिक छलफलमा सहमति भएको छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ९ : २९ बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा