चीनमा शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त | Khabarhub Khabarhub

चीनमा शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको छ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनको बजार हालैका महिनामा वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि शीर्ष वित्तीय नियामक प्रमुखलाई बर्खास्त गरिएको हो । साङ्घाई र हङकङका सेयर बजारहरूमा सरकारी विक्रयलाई लिएर बेइजिङ चिन्तित भएको छ । यी बजारले मूल्याङ्कनमा खर्बौं गुमाएका छन् र उक्त पराजयलाई रोक्नका लागि धेरै उपाय सार्वजनिक गरिएको छ ।

सत्तारूढ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वले यी हुइमानलाई मुलुकको शीर्ष वित्तीय नियामक सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी) को प्रमुखबाट हटाएको सरकारी प्रसारक सीसीटीभीले बताएको छ । ब्लुमबर्गका अनुसार त्यसको एक दिनपछि राष्ट्रपति सि जिनपिङ बजारलाई माथि उठाउने प्रयासमाथि छलफल गर्न नियामकहरूसँग भेट गर्न लागेका थिए ।

इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनका पूर्वअध्यक्ष यीलाई सन् २०१९ जनवरीमा सिएसआरसीमा शीर्ष पदमा नियुक्त गरिएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार यीले लियु शियुको स्थान लिएका थिए । लियुलाई ‘कानून र अनुशासनको उल्लङ्घन’ गरेको आरोपमा बर्खास्त गरिएको थियो र अनुसन्धान गरिएको थियो ।

एक आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष चीनले तीन दशकमा आफ्नो सबैभन्दा कम वृद्धि दर (पाँच दशमलव दुई प्रतिशत) हासिल गरेको छ । यसमा केही अर्थशास्त्रीले सन्देह प्रकट गरेका छन् । मुलुकले गम्भीर सम्पत्ति सङ्कट, सुस्त खपत र वैश्विक उथलपुथलको सामना गरिरहेको छ । अधिकारीहरूमाथि व्यावसायिक गतिविधि पुनः सुरु गर्न र उपभोक्ताहरूलाई पुनः खर्च गर्न थप प्रोत्साहन कदम सार्वजनिक गर्न दबाब छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ३४ बजे

भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले विभिन्न ४८ वटा जिल्लाका ८१ विद्यालयलाई

गृहमन्त्रीले मसँग व्यक्तिगत दुस्मनी लिँदैछन् : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालको

कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

तुलसीपुर (दाङ)- दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौं- संयुक्त राष्ट्रसङ्घ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा

जेन-जी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

काठमाडौं- गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह