चीनमा शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त « Khabarhub

चीनमा शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको छ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनको बजार हालैका महिनामा वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि शीर्ष वित्तीय नियामक प्रमुखलाई बर्खास्त गरिएको हो । साङ्घाई र हङकङका सेयर बजारहरूमा सरकारी विक्रयलाई लिएर बेइजिङ चिन्तित भएको छ । यी बजारले मूल्याङ्कनमा खर्बौं गुमाएका छन् र उक्त पराजयलाई रोक्नका लागि धेरै उपाय सार्वजनिक गरिएको छ ।

सत्तारूढ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वले यी हुइमानलाई मुलुकको शीर्ष वित्तीय नियामक सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी) को प्रमुखबाट हटाएको सरकारी प्रसारक सीसीटीभीले बताएको छ । ब्लुमबर्गका अनुसार त्यसको एक दिनपछि राष्ट्रपति सि जिनपिङ बजारलाई माथि उठाउने प्रयासमाथि छलफल गर्न नियामकहरूसँग भेट गर्न लागेका थिए ।

इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनका पूर्वअध्यक्ष यीलाई सन् २०१९ जनवरीमा सिएसआरसीमा शीर्ष पदमा नियुक्त गरिएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार यीले लियु शियुको स्थान लिएका थिए । लियुलाई ‘कानून र अनुशासनको उल्लङ्घन’ गरेको आरोपमा बर्खास्त गरिएको थियो र अनुसन्धान गरिएको थियो ।

एक आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष चीनले तीन दशकमा आफ्नो सबैभन्दा कम वृद्धि दर (पाँच दशमलव दुई प्रतिशत) हासिल गरेको छ । यसमा केही अर्थशास्त्रीले सन्देह प्रकट गरेका छन् । मुलुकले गम्भीर सम्पत्ति सङ्कट, सुस्त खपत र वैश्विक उथलपुथलको सामना गरिरहेको छ । अधिकारीहरूमाथि व्यावसायिक गतिविधि पुनः सुरु गर्न र उपभोक्ताहरूलाई पुनः खर्च गर्न थप प्रोत्साहन कदम सार्वजनिक गर्न दबाब छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ३४ बजे

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक

सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीद्वारा बन्द हेटौँडा कपडा उद्योग निरीक्षण

मकवानपुर – सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज

असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव

कास्की – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका

काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु

काठमाडौं – काठमाडौं लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका

काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

काठमाडौं – राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला