गोली लागेर एकको मृत्यु | Khabarhub Khabarhub

गोली लागेर एकको मृत्यु


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

गए राति करीब १०:४५ बजेको समयमा सलामी डाँडावनमा आएका जङ्गली जनावर धपाउनलाई गोली हान्दा तपेशको टाउकोमा उक्त गोली लागेर मृत्यु भएको भन्ने खबर आएको प्रनाउ धामीले बताए ।

उनले भने, ‘जङ्गली जनावर धपाउन हानेको गोली लागेर मृत्यु भएको भन्ने खबर आएको छ, जिल्लाबाट थप अनुसन्धानका लागि प्रहरी टोली गएको छ, टोली पुगेपछि बाँकी विवरण भन्न सकिनेछ ।’ गोली प्रहार गर्ने जङ्गे भुल र उनले प्रयोग गरेको भरुवा बन्दुक प्रहरी चौकीमा नियन्त्रणमा लिएको बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ९ : ४८ बजे

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

मुस्ताङ– म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा

तामाखानी उत्खननका लागि खोजतालस सुरु

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत– बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन