एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको माला लगाएर स्वागत « Khabarhub

एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको माला लगाएर स्वागत


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १० औ  जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा  अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका छन्।

उनलाई आयोजक एमाले जिल्ला कमिटी रौतहटले १०१ किलोको माला लगाएर स्वागत गरेको हो।   गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औ जिल्ला अधिवेशन हुँदै छ । अधिवेशनमा ओलीसँगै केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघवीर महासेठ लगायतको उपस्थिति थियो । 

नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा स्वागत जिल्ला संयोजक सच्चिदानन्द साहले स्वागत मन्तव्य राखेका थिए। हालसम्म केन्द्रिय सदस्य उदव रेग्मी, अजयकुमार गुप्ता, लेखा आयोग सदस्य राजकिशोर यादव, प्रदेश सहसचिव आरती भण्डारी, प्रदेश कमिटी सदस्य रामजी साह, लगायतका वक्ताहरूले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलाई गद्दारको संज्ञा दिएका छन्।

त्यसैगरी श्रीराम सुगर मिल्स सञ्चालनको माग गरेका थिए। वक्ताको रुपमा पार्टी केन्द्रिय सदस्य पुरुषोत्तम पौडेलले सम्बोधन गर्दै छन्।

भोलिसम्म चल्ने अधिवेशनले  रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागी चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरूले बताएका छन ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : १५ बजे

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट