नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने « Khabarhub

नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको हो ।

नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली  बुधबार नेपाल आइसकेको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा  नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए ।

खेल तीन बजेदेखि सुरु हुने र त्यसअघि कुटुम्व ब्याण्डको सांगीतिक कार्यक्रमका साथै चिनिया ड्रागन शो लगायतका कार्यक्रम हुने उनले बताए ।

खेलका लागि साधारण प्याराफिटतर्फ ३ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको प्रवक्ता शाहले बताए ।

मैत्रीपूर्ण खेल आयोजनाले नेपाली युवा फुटबल खेलाडीहरूलाई थप उत्साहका साथ नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने एन्फाको विश्वास छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ५ : १८ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को