नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने « Khabarhub

नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको हो ।

नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली  बुधबार नेपाल आइसकेको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा  नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए ।

खेल तीन बजेदेखि सुरु हुने र त्यसअघि कुटुम्व ब्याण्डको सांगीतिक कार्यक्रमका साथै चिनिया ड्रागन शो लगायतका कार्यक्रम हुने उनले बताए ।

खेलका लागि साधारण प्याराफिटतर्फ ३ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको प्रवक्ता शाहले बताए ।

मैत्रीपूर्ण खेल आयोजनाले नेपाली युवा फुटबल खेलाडीहरूलाई थप उत्साहका साथ नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने एन्फाको विश्वास छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ५ : १८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको