यू-१९ विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा « Khabarhub

यू-१९ विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपको फाइनलमा अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलियाले भारतसँगको भेट पक्का गरेको हो ।

एक सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए । भने ओलीभर पिएक ४९ रनमा आउट भए। त्यस्तै टोम क्याम्पबेलले २५ रन बनाए । पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८.५ ओभरमा १७९ रन बनाएको थियो । पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए । अन्यको प्रदर्शन उल्लेखनीय रहेन् । अष्ट्रेलियाका ६ विकेट लिए ।

अष्ट्रेलियाले अब फाइनलमा उपाधिको लागि आइतबार भारतको सामना गर्ने छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १० : ४७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा