महासमिति बैठकबारे महरले गरे जनसम्पर्क समितिका पदाधिकारीसँग संवाद « Khabarhub

महासमिति बैठकबारे महरले गरे जनसम्पर्क समितिका पदाधिकारीसँग संवाद


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका जनसम्पर्क समितिका पदाधिकारीसँग भर्चुअल संवाद गरेका छन् । आसन्न फागुन ७—१० मा हुने कांग्रेसको महासमिति बैठकमा प्रवासमा रहेका नेपालीहरुको विचार समेट्न नेता महरले संवाद गरेका हुन् ।

छलफलमा जनसम्पर्क समितिका समस्या, पार्टीसँगका अपेक्षा, पार्टीले चाल्नुपर्ने कदम र नेपालमा लगानीको वातावरण निर्माणलगायतका एजेण्डा थिए । नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, क्यानडाका सभापति प्रदीपप्रकाश ओली, नेदरल्याण्डका शालिक गौतम, बहराइनका पद्यमसुन्दर गुरुङलगायत ३५ जना सहभागी थिए ।

जनसम्पर्क समितिका सभापतिहरूले नेपालमा लगानी गर्न चाहेको र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताएका थिए । कांग्रेस र देशका लागि आफूहरूले योगदान गरिरहेको भए पनि देशले माया नगरेको अनुभूति भइरहेको उनीहरूको गुनासो थियो ।

संवादका क्रममा उनीहरूले आफ्नो दोहोरो नागरिकता अलि बलियो हुनुपर्ने बताएका थिए । नागरिकतामा आफूहरूका अधिकार कम भएको गुनासो उनीहरूको थियो ।

नेपालको सम्पत्ति भोगचलनका सन्दर्भमा पनि नागरिकतामा धेरै कुरा अटाउन नसकेको उनीको भनाइ थियो । विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाका विषयमा कांग्रेसले नीतिमै स्पष्टरूपमा ल्याउनुपर्ने उनीहरुको जोड थियो ।

सम्पर्क समितिहरूको विश्व सञ्जाल बनाएर कांग्रेस केन्द्रीय समितिमा प्रवासबाट पनि प्रतिनिधित्व गराउन उनीहरुको माग थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : १२ बजे

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

काठमाडौं– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन

गोविन्दाको वैवाहिक विवादमा नयाँ ट्विस्ट, ‘अफेयर’ आरोपदेखि कोमलसँगको भेटसम्म

काठमाडौँ – बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता

ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै

ओखलढुङ्गा– ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको

मलको माग उच्च, आपूर्ति न्यून

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि

‘नगर गान’का लागि रचना पठाउन हेटौँडा उपमहानगरको आह्वान

मकवानपुर– हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा