वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो : प्रचण्ड | Khabarhub Khabarhub

वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो : प्रचण्ड


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा धारणा राख्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान परिस्थिति अहिले तरलका साथै जटिल र पेचिलो भएको बताएका हुन् । अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्ति प्रक्रियालाई टुंगोमा पुराउन अन्य दलहरुसँग छलफल भइरहेको प्रचण्डले बताएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा विधान मस्यौदाका बारेमा नेताहरुले धारणा राखेको र कमिटीलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव आएको उनले बताए । त्यस्तै केन्द्रीय समिति १५१ बनाउनुपर्ने प्रस्तावमा छलफल भएको अन्तिम निष्कर्ष विधान सम्मेलनबाटै हुने सापकोटाले जानकारी दिए । त्यस्तै उनले राष्ट्रियसभा अध्यक्ष चयनको बिषयलाई लिएर गठबन्धनबीच कुनै समस्या नरहेको र पाँचै वर्ष चल्ने दावी गरे ।

प्रवक्ता सापकोटाले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जाने पार्टीको तयारी रहेको बताए । माओवादी स्थायी कमिटी शनिबार पनि बस्ने छ भने माघ २८ र २९ गते केन्द्रीय कमिटी बैठक र फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ३३ बजे

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने