सुनकोसीमा र्‍याफ्टिङ सञ्चालन गरिने « Khabarhub

सुनकोसीमा र्‍याफ्टिङ सञ्चालन गरिने


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुर र खोटाङको सिमाना हुँदै बग्ने सुनकोसीको फोक्सिन्टारदेखि धाप्लाङघाटसम्मको १३ किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गरिने भएको छ । विश्वकै उत्कृष्ट १० ‘ह्वाइट वाटर र्‍याफ्टिङ’ गन्तव्यभित्र पर्न सफल सुनकोसी नदीमा आगामी फागुन १ गतेदेखि सुरु हुने दोस्रो प्रदेश महोत्सवका अवसरमा र्‍याफ्टिङ सञ्चालन गरिने भएको हो ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घले फागुन १ गतेदेखि त्रियुगा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने दोस्रो प्रदेश महोत्सव २०८० को अवसरमा याफ्टिङमार्फत मनोरञ्जन लिनेलाई मध्यनजर गर्दै सञ्चालन गर्न लागिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष डेबिड बस्नेतले जानकारी दिए ।

नेशनल जोग्राफी र ट्राभल डट अर्थले सुनकोसी नदीमा सञ्चालन हुने ह्वाइट वाटर र्‍याफ्टिङलाई विश्वका उत्कृष्ट १० भित्र पनि सातौँ नम्बरमा राखेको छ । विश्वभर गरिएको अध्ययनपछि नेशनल जोग्राफीले सन् २०१० मा सुनकोसीमा सञ्चालन गर्न सकिने ¥याफ्टिङलाई उत्कृष्ट १० गन्तव्यमा राखेको हो ।

सुनकोसीमा र्‍याफ्टिङ सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिने योजना रहेको अध्यक्ष बस्नेतले बताए । महोत्सवमा आकर्षणका रूपमा समेत र्‍याफ्टिङलाई लिइएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताए ।

जल पर्यटन तथा साहसिक खेलमा चासो राख्ने पारखीका लागि विशेष ध्यानमा राख्दै फोक्सिङटारबाट धाप्लाङघाटसम्म ¥याफ्टिङमार्फत पर्यटकले मनोरञ्जन लिने सङ्घका महासचिव दिनेश श्रेष्ठले जानकारी दिए। र्‍याफ्टिङमा जान चहानेका लागि गाईघाटबाट यातायातका साधनमार्फत फोक्सिङटारसम्म पुर्याइने र साउने तथा फोक्सिङटारमा खाजाको प्रबन्ध गरिने उनले बताए।

र्‍याफ्टिङका क्रममा थ्री झर्नाको मनोरञ्जनसमेत लिन सकिने छ । फोक्सिङटारबाट सुरु भएको र्‍याफ्टिङ धाप्लाङ घाटमा आएर सम्पन्न हुने र त्यहाँ मनोरञ्जनसहित खानाको समेत व्यवस्था गरिने जनाइएको छ ।

धाप्लाङघाटबाट पुनः यातायातका साधनसहित गाईघाटसम्म ल्याई पुर्याउने व्यवस्था गरिएको छ । त्यसका लागि प्रतिव्यक्ति रु तीन हजार पाँच सय तोकिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष बस्नेतले बताए।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ४१ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।