सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल हो : नेता लेखक « Khabarhub

सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल हो : नेता लेखक


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल भएको बताएका छन् ।

महेन्द्रनगरमा आज महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा कांग्रेस नेता लेखकले नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाका निर्माणको काम क्रमिक रुपमा अघि बढेको बताएका छन् ।

“दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास आगामी एक–दुई महिनामा हुन्छ” उनले भने, “ भारतले पनि सुक्खा बन्दरगाहसित जोड्ने काम गर्नेछ ।”

उनले महाकाली नदीमा चार ‘लेन’को पक्की पुल बनिसकेको बताउँदै महाकाली ‘करिडोर’को काम पनि प्रारम्भ भएको जानकारी दिए ।

“यो पटक कञ्चनपुर र डडेल्धुरा करिडोरबाट जोडिएर हामीले परशुराम धामको दर्शन गरिसकेका छौं ।” नेता लेखकले भने“ अर्को पटक यही करिडोरबाट बैतडी र त्यसपछि दार्चुला पुग्ने गरी ट्रयाक खुलाउने काम हुन्छ ।” उनले चीन र भारतसित नाका जोड्न सके तीन देशबीचको व्यापार बढ्ने विश्वास व्यक्त गरे ।

“ठूलो अर्थतन्त्र भएको मुलुक भारतमा सम्भावना बोकेका प्रान्तहरुबाट हामी सबै भन्दा नजिक छौं ।” उनले भने, “ चीनको पनि कैलाश मानसरोवर धार्मिकस्थल नजिक भएकाले हामीले दुवैतिर नाका खोल्नुपर्छ ।”

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : ३४ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी