आज क्यानडाविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल | Khabarhub Khabarhub

आज क्यानडाविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ।

सिरिजको पहिलो खेलमा नेपालको रोमाञ्चक जित

बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो। दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा नेपालको कसिलो बलिङसामु टिक्न सकेन। कप्ता रोहित पौडेलले लगातार विकेट लिएपछि नेपालले क्यानडालाई ४७.५ ओभरमा दुई सय १७ रनमा समेटेको थियो।

क्यानडालाई हराउन कसिलो बलिङ गर्दै नेपालका लागि कप्तान पौडेलले चार विकेट लिए। नेपालले गुमाइसकेको खेललाई कप्तान पौडेलले जितको दिशामा फर्काएका थिए। ललित राजवंशीले दुई विकेट लिँदा सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवर्न सर्राफले एक एक विकेट हात पारे।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेले ६२ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए।

यस्तै आरिफ सेख ३८, सोमपाल कामी २७, कुशल मल्ल २०, भीम सार्की १७, पवन सर्राफ १५ र सूर्य तामाङ १० रन मा समेटिएका थिए। क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालका सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरे।

क्यानडासँग खेल्ने नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : १४ बजे

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म

नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले

पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनको सरकारी

जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’

काठमाडौं – अमेरिका पलायन भएका नायक जीवन लुइटेलले ७ वर्षपछि