आज क्यानडाविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल « Khabarhub

आज क्यानडाविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ।

सिरिजको पहिलो खेलमा नेपालको रोमाञ्चक जित

बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो। दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा नेपालको कसिलो बलिङसामु टिक्न सकेन। कप्ता रोहित पौडेलले लगातार विकेट लिएपछि नेपालले क्यानडालाई ४७.५ ओभरमा दुई सय १७ रनमा समेटेको थियो।

क्यानडालाई हराउन कसिलो बलिङ गर्दै नेपालका लागि कप्तान पौडेलले चार विकेट लिए। नेपालले गुमाइसकेको खेललाई कप्तान पौडेलले जितको दिशामा फर्काएका थिए। ललित राजवंशीले दुई विकेट लिँदा सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवर्न सर्राफले एक एक विकेट हात पारे।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेले ६२ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए।

यस्तै आरिफ सेख ३८, सोमपाल कामी २७, कुशल मल्ल २०, भीम सार्की १७, पवन सर्राफ १५ र सूर्य तामाङ १० रन मा समेटिएका थिए। क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालका सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरे।

क्यानडासँग खेल्ने नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : १४ बजे

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक