यी खानेकुरा खानुस्, कलेजो हुन्छ सफा « Khabarhub

यी खानेकुरा खानुस्, कलेजो हुन्छ सफा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कलेजोको महत्वपूर्ण काम भनेको विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्नु हो ।

कलेजो स्वस्थ्य भएन भने हार्मोनको सन्तुलन बिग्रन जान्छ र रोग उत्पन्न हुन्छ । कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ ।

त्यसैले कलेजोलाई सफा राख्न आवश्यक हुन्छ । केही खानेकुरा हुन्छन् जसले कलेजोलाई सफा राख्न सहयोग पुग्छ ।

कसरी गर्ने कलेजोको सफाई ?

विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ । यसले गर्दा कलेजो सफा गर्न सहयोग पुग्छ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

दालचिनी

यसमा ग्लूकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

कागति

कागतिमा साइटि्रक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

आलुबखडा

आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट पि|m रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

अदुवा

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।

बेसार

बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : ३० बजे

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं– लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि,