यी खानेकुरा खानुस्, कलेजो हुन्छ सफा | Khabarhub Khabarhub

यी खानेकुरा खानुस्, कलेजो हुन्छ सफा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कलेजोको महत्वपूर्ण काम भनेको विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्नु हो ।

कलेजो स्वस्थ्य भएन भने हार्मोनको सन्तुलन बिग्रन जान्छ र रोग उत्पन्न हुन्छ । कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ ।

त्यसैले कलेजोलाई सफा राख्न आवश्यक हुन्छ । केही खानेकुरा हुन्छन् जसले कलेजोलाई सफा राख्न सहयोग पुग्छ ।

कसरी गर्ने कलेजोको सफाई ?

विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ । यसले गर्दा कलेजो सफा गर्न सहयोग पुग्छ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

दालचिनी

यसमा ग्लूकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

कागति

कागतिमा साइटि्रक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

आलुबखडा

आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट पि|m रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

अदुवा

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।

बेसार

बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : ३० बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त