६ बुँदे सहमतिपछि काममा फर्किए वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी (सहमतिपत्र सहित) « Khabarhub

६ बुँदे सहमतिपछि काममा फर्किए वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी (सहमतिपत्र सहित)



धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाज संयुक्त संघर्ष समितिबीच शनिबार ६ बुदे सहमति भएको छ । भद्र अवज्ञा आन्दोलन गरेको २७ औं दिनमा भएको सहमतीसँगै शिक्षक चिकित्सक र कर्मचारीको संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गर्दै काममा फर्किएका छन् ।

वार्तामा २०७९ पुस २० गते र माघ २५ गते प्रकाशित विज्ञापनअनुसार सुरु भएको बढुवाको प्रक्रिया रोकिएकोमा फागुन ६ गतेदेखि अन्तर्वार्ता सुरु गर्ने र सो को नतिजा आन्तर्वार्ता समाप्त भएको मितिले एक साता भित्र प्रकाशित गर्ने सहमति भएको छ ।

यसअघि  भद्र अवज्ञा चलिरहेको बेला उच्च अदालतको आदेश पछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेर फागुन ६ गतेदेखि बढुवाको प्रकृया सुरु गर्ने निर्णय गरेको थियो । तर आन्दोलनरत पक्षसँग कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीले निर्णायक वार्ता नगरेपछि शिक्षक चिकित्सक र कर्मचारीहरु पूर्ण विश्वस्त हुन सकेका थिएनन् ।

कासका अन्य सदस्यहरुको पहलमा आन्दोलनर पक्ष र वीपी प्रतिष्ठानको व्यवस्थापन पक्षवीच शनिबार फेरि वार्ता भएपछि ६ बुँदे सहमति भएको हो । शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले भने, ‘प्रतिष्ठानको व्यवस्थापन पक्षसँग वार्ता सौहार्दपूर्ण भएअनुसार सहमति भएको छ ।

सोही सहमतिअनुसार आज शनिबार अपरान्ह ३ बजेदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम (भद्र अवज्ञा) स्थगित गरेर नियमित काममा फर्केका छौं ।’ सहमतिपत्रमा कामु उपकुलपति प्राडा कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले हस्ताक्षर गरेका छन् ।

माघ २९ गते वीपी प्रतिष्ठानको संचालक परिषद (सिनेट)को बैठक तोकिएको छ । सहमतीपछि रजिष्ट्रार प्राडा संग्रौलाले बढुवाको अन्तर्वार्ताको तालिका फागुन ६ गते प्रकाशन गर्न दिइसकेको बताए । उनले भने, ‘प्रतिष्ठानको शुक्रबार राती सम्पन्न कासको बैठकले अन्तर्वार्ता फागुन ६ गतेदेखि स्थायी र करार दुवैको शुरु गर्ने निर्णय गरेको छ ।’

शिक्षाध्यक्ष प्राडा शर्माले संक्षिप्त प्रतिकृया दिदै आइतबारदेखि पठनपाठन र परीक्षालाई निरन्तरता दिने बताए । उनले भने, ‘रोकिएका पठनपाठन र परीक्षाको सेड्युल बनाउन डिनलाई भनिसकेको छु ।’ वीपी प्रतिष्ठानमा कुल दरबन्दी ३ हजार ३ सय  १९ रहेको छ । ती मध्ये १ हजार ५ सय ३ पद रिक्त रहेको छ । हाल प्रतिष्ठानमा १ हजार ८ सय १६ जना कार्यरत छन् । ती मध्ये ७ सय ६६ जना कर्मचारी र शिक्षक चिकित्सकको बढुवा रोकिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ०० बजे

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ