एसियन कप फाइनल : कतारलाई सुरुवाती अग्रता « Khabarhub

एसियन कप फाइनल : कतारलाई सुरुवाती अग्रता


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एसियन कप फुटबलको फाइनलमा जोर्डनविरुद्ध कतारले सुरुवाती अग्रता लिएको छ । खेलको २२ औं मिनेतमा कतारका लागि अक्रम अफिफले पेनाल्टी मार्फत गोल गरेका हुन् ।

कतारले सेमिफाइनलमा इरानलाई ३–२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो । डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औँ पटक एसियन कप खेलिरहेको छ ।

सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ ।

त्यस्तै जोर्डनले सेमिफाइनलमा दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो । जोर्डन पाँचौँ पटक एसियन कप खेलिरहेको छ ।

एसियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउने छ ।

त्यस्तै एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एकएक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : १५ बजे

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस

विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य

भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

काठमाडौं- झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको