राज्य व्यवस्था तथा सुशासनसहित तीन समितिको बैठक बस्दै « Khabarhub

राज्य व्यवस्था तथा सुशासनसहित तीन समितिको बैठक बस्दै


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान १० बजे संसद सचिवालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा अध्यागमनमा देखिएका समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि सिंहदरबारमा बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै आज सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा गौतम बुद्धको अस्ति धातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्याण्ड प्रालिबीच भएको समझदारी सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ३२ बजे

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट