बुढाथोकीको निधनले अपूरणीय क्षति : सभापति देउवा « Khabarhub

बुढाथोकीको निधनले अपूरणीय क्षति : सभापति देउवा


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

आज झापास्थित बुढाथोकी निवासमा आयोजित बुढाथोकीको सातौँ श्रद्धाञ्जली सभामा सभापति देउवाले विकास निर्माण, सङ्गठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवम् संविधान निर्माणमा उहाँले निर्वाह गरेको भूमिका सधैँ स्मरणीय रहने बताए ।

सभापति देउवतासँगै अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, केन्द्रीय सदस्यहरु राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाललगायतले बुढाथोकीको व्यक्तित्व, नेतृत्वका साथै पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहँदा गर्नुभएको योगदानको स्मरण गरेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ४९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग