अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि आतङ्ककारी आक्रमणको खतरा « Khabarhub

अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि आतङ्ककारी आक्रमणको खतरा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्थानीय भारतीय अधिकारीहरूले सुरक्षासम्बन्धी चेतावनी जारी गरेपछि हजारौँको सङ्ख्यामा हिन्दू तीर्थयात्री र पर्यटकले भारत प्रशासित कश्मीर छाडिरहेका छन् ।

भारतीय अधिकारीहरूले अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि ‘आतङ्ककारी आक्रमणको खतरा’ रहेको चेतावनी दिएका थिए ।

अधिकारीहरूले पाकिस्तानद्वारा संरक्षित आतङ्कवादीहरूुले वर्षको एउटा समयमा मात्र जान पाइने प्रसिद्ध तीर्थस्थल अमरनाथतिर गइरहेका तीर्थयात्रीहरूलाई आक्रमण गर्ने योजना बनाएको दाबी गरेका छन् ।

भारतले कश्मीरमा सक्रिय सशस्त्र विद्रोहीहरूलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप लगाउने गरेको छ। त्यसलाई पाकिस्तानले भने अस्वीकार गर्ने गर्छ ।

अमरनाथमा हरेक वर्ष ४५ दिने तीर्थयात्रा हुन्छ । समाचारसंस्था एपीका अनुसार गत जुलाई १ तारिखबाट सुरु भएको उक्त तीर्थयात्राका क्रममा हालसम्म झन्डै तीन लाख जना अमरनाथ पुगिसकेका छन् । अमरनाथ कश्मीरको उच्च हिमाली क्षेत्रमा रहेको एउटा गुफा हो ।

कश्मीर सरकारले तीर्थयात्रीहरूलाई तत्काल उक्त क्षेत्र छाड्न सल्लाह दिएको छ। त्यसले गर्दा यातायात व्यवस्थापनमा कठीनाइ उत्पन्न भएको बीबीसीले जनाएको छ ।

रोएटर्स समाचारसंस्थालाई स्थानीय अधिकारीहरूले बताएअनुसार झन्डै २० हजार भारतीय तीर्थयात्री र पर्यटकहरू एवम् दुई लाख मजदुरहरूले उक्त क्षेत्र छाड्न लागेका छन् । ‘अमरनाथ यात्रीहरूको सुरक्षाका लागि उनीहरूलाई कश्मीर उपत्यकाको यात्रा तत्काल छोट्याउन सल्लाह दिइएको हो,’ कश्मीरका गृहसचिव शलीन काब्राले एउटा वक्तव्यमा भनेका छन् ।

हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि भारत सरकारले थप १० हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : १६ बजे

चन्द्रगढी विमानस्थलमा उत्रिँदै ओलीले भने : यस पटक झापा सूर्यमय हुन्छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय

राष्ट्रियसभामा उठ्यो फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ताको विषय

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका

दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक,

बालेनको कार्यालय तोडफोड भन्दै एआईको दुरूपयोग, कारबाही गर्ने झापा प्रशासनको चेतावनी

झापा- जिल्ला प्रशासन कार्यालय, झापाले सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाउने

टाटा टियागो इभी अब २४.९९ लाखमै

काठमाडौं–  टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले