पाकिस्तानमा राजनीतिक हिंसा मच्चिँदा तीन जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा राजनीतिक हिंसा मच्चिँदा तीन जनाको मृत्यु


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार दुई राजनीतिक प्रतिद्वन्द्वी दलहरूबीच भएको झडपमा तीन जनाको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएका छन् ।

पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) र ग्रान्ड डेमोक्रेटिक एलायन्स (जीडीए) का कार्यकर्ताहरू बीच लारकाना जिल्लामा सशस्त्र झडप भएको हो ।

प्रतिद्वन्द्वीबीचको चर्को बहसले उग्ररूप लिँदा गोली हानाहान भएको र दुवै पक्षका कार्यकर्ताका साथै उनीहरूको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको थियो ।

स्थानीय प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षकसहित तीन जनाको मृत्यु भएको स्रोतले जनाएको छ । प्रहरीको हस्तक्षेपपछि आन्दोलनकारी तितरबितर भएको र स्थिति नियन्त्रणमा आएको स्रोतले जनाएको छ ।

साथै एकजना प्रहरी अधिकारी सहित घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : ४८ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र