जापानले एयरपोर्टबाटै नेपाल फर्काइदियो फुलन्देकी आमा र गायिका गुरुङलाई « Khabarhub

जापानले एयरपोर्टबाटै नेपाल फर्काइदियो फुलन्देकी आमा र गायिका गुरुङलाई


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सांगीतिक कार्यक्रममा प्रस्तुती दिनका लागि जापान पुगेका दुई कलाकारलाई जापानी अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

हास्य कलाकार फुलन्देको आमा ‘उमेश राई’ र लोक तथा दोहरी गायिका सविना गुरुङलाई जापानको टोकियो विमानस्थलबाट नेपाल फर्काइएको हो ।

तमु धीं जापानको आयोजनामा हुन लागेको ‘२३औँ रोधी साँझ तथा रजत जयन्ती २०१९’मा प्रस्तुति दिन जापान पुगेका टोकियो एरपोर्टबाट नेपाल फर्काइएको तमु धीं जापानले जनाएको छ ।

आफ्नो आमन्त्रणमा जापान आइपुगेका कलाकारहरूले हनेदा अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्कनु परेकोमा सो संस्थाले दुख व्यक्त गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै तमु धीं जापान’ले जनाएअनुसार आफ्नो स्थापनाको २५औँ वर्ष प्रवेशका अवसरमा आयोजना गर्न लागिएको भब्य कार्यक्रममा प्रस्तुति दिन कलाकार राई र गुरुङलाई आमन्त्रण गरिएको थियो ।

तर, नेपालस्थित जापानी राजदूतावासले प्रवेआज्ञा जारी गरे पनि हनेदा अन्तर्राष्ट्रिय विमानस्थलस्थित आध्यगमन केन्द्रले प्राविधिक त्रुटि देखाई प्रवेआज्ञा नदिएकोले उनीहरू विमानस्थलबाटै नेपाल फर्किनु परेको हो । ‘प्राविधिक त्रुटी’ जनाइए पनि खास के–कस्तो प्रकारको त्रुटी हो भन्ने खुलासा भने गरिएको छैन ।

यसरी उत्साहका साथ जापान पुगेका उमेश र सविना दुर्भाग्यवश जापान प्रवेश गर्नै नपाई फर्कनु परेपछि तमु धीं जापानको रोधी साँझ लोकप्रिय पप तथा आधुनिक गायक सर्वज्ञमान शाक्य र गायिका काजल गुरुङले तताउने भएका छन् ।

तमुहरूको मौलिक संस्कृति परम्परालाई जीवन्त राख्न हरेक वर्ष रोधीं, ल्होसार जस्ता महत्वपूर्ण चाडपर्बहरू सो संस्थाद्वारा जापानमा विविध साँस्कृतिक कार्यक्रमसहित मनाउँदै आइरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  २ : १८ बजे

लोकतन्त्रलाई हाइज्याक हुनबाट जोगाउन कांग्रेस बदलिएर आएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ४४

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा