न्युयोर्क– विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको सडक दुर्घटनामा मृत्यु भएको छ । २४ वर्षीय केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो ।
कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
किष्टमले गत वर्ष लण्डनमा भएको विश्व म्याराथन २ घण्टा २५ मिनेटमा पूरा गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए ।
किप्टम र उनका प्रशिक्षक गेर्भाइस टोयोटा कारमा कतै जाँदै थिए। त्यतिबेला केल्भिनले किप्टमको कार चलाइरहेका थिए। जहाँ अचानक उनले कारको नियन्त्रण गुमाए र कार सिधै सडकबाट झरेर रुखमा ठोक्किन पुगेको थियो ।
किप्टम र गेर्भाइस बाहेक त्यस समयमा कारमा सवार महिला यात्रु शेरोन कोसगेई भने गम्भीर घाइते भएकी छिन् । उनको उपचार भइरहेको छ ।
शिकागोमा भएको विश्व म्याराथनमा केल्भिन किप्टमले नयाँ विश्व किर्तिमान बनाएका थिए । उनले २ घण्टा २५ म्याराथन पूरा गरेर सो विश्व कीर्तिमान बनाएका हुन् ।
प्रतिक्रिया