कुमारी बैंकको आकर्षक ‘कुमारी गज्जब बचत’ खाता : बचत खातामा उच्च ब्याज सहित स्वास्थ्य बीमा   « Khabarhub

कुमारी बैंकको आकर्षक ‘कुमारी गज्जब बचत’ खाता : बचत खातामा उच्च ब्याज सहित स्वास्थ्य बीमा  


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सहितको परिमार्जित सुविधा सहित कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

न्युनतम मौज्दात एक हजार रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने बैंकले जनाएकाे छ ।

बैंकका अनुसार बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालले २० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराएको ‘कुमारी गज्जब बचत खाता’ नेपाली बैंकिङ्ग क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने विश्वास लिएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १२ : ०५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था