महिला क्रिकेटमा माल्दिभ्समाथि नेपालको कीर्तिमानी जित « Khabarhub

महिला क्रिकेटमा माल्दिभ्समाथि नेपालको कीर्तिमानी जित


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् ।

मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर दुई सय २७ रन बनायो । दुई सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १३ दशमव पाँच ओभरमा मात्र १३ रनमा समेटियो । नेपालका लागि रुबिनाले ५४ बलमा शतक प्रहार गरिन् ।

उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् । आजको खेलमा रुबिनाले ५९ बलमा १० चौका र पाँच छक्का हानिन् । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान दिइन् ।

उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । यस्तै सीता रानामगरले १५ तथा कविता कुवँले १३ रन बनाइन् । बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले तीन तथा नब्बा नासिमले एक विकेट लिइन् । माल्दिभ्सलाई मात्र १३ रनमै समेट्ने क्रममा नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक चार विकेट लिइन् ।

यस्तै पूजा महतो र रुबिना क्षेत्रीले तीन तीन विकेट लिइन् । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुमाया विन्थ अब्दुल हमिदले पाँच तथा नब्बा नासिम र हफसा अब्दुल्लाले दुई दुई रन बनाए । लगातार तीन खेल जित्दै प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपाल क्वाटरफाइनमा प्रवेश गरेको छ ।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई आठ आठ विकेटले पराजित गरेको थियो । लगातार तेस्रो खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ३ : ३९ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२