सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छः ओली « Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छः ओली


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताए ।

सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो । आफू प्रधानमन्त्री हुँदा नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले उक्त विधेयक शीघ्र टुङ्ग्याउन आग्रह गरेको बताए ।

आफ्नो पार्टी मानव अधिकार संरक्षणको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भनेयो, “एमालेले मानव अधिकार उल्लङ्घन गर्दैन र त्यसको उल्लङ्घनकर्तालाई संरक्षण गर्दैन ।” उनले अनर्गल कुरा गरेर, सम्प्रादायिक र आपसी विद्वेष फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुरा स्वीकार्य नहुने दोहो¥याए ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्क्रमणकालीन न्याय गम्भीर विषय भएकाले राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुनेमा जोड दिए । उनले सङ्क्रमणकालीन न्याय निरुपणमा पीडित पक्षलाई कारबाहीको दायरामा ल्याउनुपनेृमा जोड दिए ।

“सङ्क्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतले केही आदेश दिएको छ । मानवअधिकारको आधारभूत कुरालाई हामीले स्वीकार गर्नुपर्ने छ”, उनले भने, “पीडितलाई मर्का पर्ने खालको कानुन कुनै पनि हालतमा बनाउनुहुन्न । सङ्क्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्दछ भन्ने कुरामा दुई मत छैन ।”

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ४७ बजे

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित