माओवादी विधान : पदाधिकारी र केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित ! « Khabarhub

माओवादी विधान : पदाधिकारी र केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित !


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज माओवादीको विधानमाथि समूहका २० नेताले निष्कर्ष पेस गर्ने छन् । हाल माओवादी केन्द्रको प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी रहेको पार्टी सचिव देवेन्द्र पौडेलको भनाइ छ  । 

उनका अनुसार १ बजेपछि  २० वटा समूहका टाली नेताले निष्कर्ष पेस गर्ने  कार्यक्रम छ ।  मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ वटा बुँदामा मंगलबार नै संम्सोधन गर्नुपर्ने बताएका थिए । 

माओवादीका एक नेताका अनुसार मंगलबार अध्यक्ष प्रचण्डले सुरुमै विधानमाथि ६–७ वटा बुँदा संशोधन गर्न लगाएका थिए । माओवादीको विधानमा प्रत्यक्ष समितिले निर्वाचन मार्फत  पदाधिकारी चयन गर्ने प्रकृया ल्याउन लागेको बताइएको छ ।

यस्तै केन्द्रीय  समितिमा पनि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था ल्याउन लागेको छ । 

हाल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 

यता पार्टीका केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार आज नै विधानमाथिको छलफलका निष्कर्ष पेस गरेर थप त्यसको प्रकृर्या अगाडि बढाइनेछ  । 

२० समूहमा एउटा समूहमा ५० देखि ५५ जना सदस्य रहेको मुख्यसचिव  ढकालको भनाइ छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ४४ बजे

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग

धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम