बैतडी र कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

बैतडी र कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैतडी र कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बैतडीकाे  सिगास गाउँपालिका-९ श्रीभाबरबाट चरेश जस्तो पदार्थ करिब २किलोसहित बित्थडचिर गाउँपालिका-५ बस्ने ६४ वर्षीय धौले महरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीकाे जानकी गाउँपालिका-५ अमौराबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-२ कान्छिबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ५४ बजे

माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेतामा साह

काठमाडौँ- नेकपा (माओवादीकेन्द्र) को मधेश प्रदेशसभाको संसदीय दलको नेतामा पुनः

४ उद्योगले तिरे विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो

काठमाडौं– डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित

सुदन किराती भन्छन्ः हामी ढुंगाखानीभित्र बाटो खोजी रहेका छौं

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको

बञ्चरे डाँडामा राति पनि फोहोर व्यवस्थापन गरिँदै, जोडिँदैछ बत्ती

काठमाडौँ- बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती

एकता राष्ट्रिय सम्मेलनमा पार्टी मातहतका सबै कमिटीलाई सहभागी हुन परिपत्र

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले पार्टी मातहतका सबै कमिटीलाई यही कात्तिक