बैतडी र कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

बैतडी र कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैतडी र कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बैतडीकाे  सिगास गाउँपालिका-९ श्रीभाबरबाट चरेश जस्तो पदार्थ करिब २किलोसहित बित्थडचिर गाउँपालिका-५ बस्ने ६४ वर्षीय धौले महरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीकाे जानकी गाउँपालिका-५ अमौराबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-२ कान्छिबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ५४ बजे

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच