उदयपुरमा अदुवा उत्पादन घट्दै « Khabarhub

उदयपुरमा अदुवा उत्पादन घट्दै


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्लाको पश्चिमी पहाडी क्षेत्र, मध्य र पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको व्यावसायिक अदुवा उत्पादन हाल आएर घट्दै गइरहेको छ ।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको कटारी नगरपालिकाको सिरीसे, हर्देनी मयङखु, बेतिनी, घुर्मी, सोरुङछबीसे, कटारी, सोमबारे रिस्कु क्षेत्रसहित उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, बर्रे, तावाश्री क्षेत्रमा लामो समयदेखि व्यापकरूपमा उत्पादन हुने गरेको भए पनि कृषकले उचित मूल्य पाउन छाडेपछि हाल आएर अदुवाखेती समेत घट्दै गइरहेको कृषक बताउँछन् ।

पाँच-सात वर्षदेखि अदुवाको उचित मूल्य पाउन छाडिएका कारण आफूहरुले विगतको जस्तो अदुवा खेती विस्तार गर्न छाडेको उदयपुर गढी भलायाडाँडाका कृषक बमबहादुर मगरले बताए । कटारी–१० सोरुङछबीसेका कृषक गौरबहादुर राउतले भने, ‘अदुवा खरीदकर्ताले उचित मूल्य नै दिन मान्दैनन्, दुख गरेर अदुवाखेती गरे पनि उचित मूल्य नपाएपछि गाउँलेले पहिलेको जस्तो धेरै खेती गर्न छाडे ।’

अर्का कृषक बेदबहादुर तामाङले जिल्लाभित्र वा बाहिरका बिचौलिया आएर सुरुमा नै रु ५० देखि ६० सम्म प्रतिकिलो मूल्य तोकेर खरिद गर्ने गरेको बताए । उनले भने, ‘उनीहरूले गाउँबाट बाहिर लगेर रु एक सय २५ देखि रु डेढ सय प्रतिकिलोमा बिक्री गर्छन्, हामी वर्षेनी ठगिन पर्ने बाध्यता छ ।’

कटारी रिस्कु सोमबारेका कृषक रामु दनुवारका अनुसार वर्षेनी बाहिरका मान्छे आएर अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण कृषकले उचित मूल्य नपाएर कम मात्र अदुवा खेती गर्ने गरेका छन् । गाउँघरबाट सस्तोमा खरिद गरेका अदुवा व्यापारीले विराटनगर, जनकपुर, वीरगञ्ज लगेर महङ्गोमा बिक्री गर्ने गरेका कृषक बताउँछन् ।

आफूहरूले नसे र बोसे जातको अदुवा उत्पादन गर्ने गरेको सोमबारेका कृषक पदम दनुवार बताउँछन् । अदुवा खरीदकर्ता तथा व्यापारीले अदुवाको जातअनुसार फरक मूल्य निर्धारण गर्ने गरेका कारण आफूहरूले उचित मूल्य नपाएको कृषक बताउँछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २०७५ सालदेखि २०७८ सालसम्म वर्षेनी पाँच सय ८८ हेक्टरदेखि पाँच सय ८३ हेक्टर क्षेत्रफलमा अदुवाखेती हुँदै आएको देखिन्छ । विसं २०७९ र २०८० मा आएर पाँच सय ७७ हेक्टर क्षेत्रफलमा मात्र अदुवाखेती भएको तथ्यांक रहेको ज्ञान केन्द्रका सूचना अधिकारी तथा अधिकृत फुलमाया शेर्पा बताउँछिन् ।

जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकासहित चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर चौदण्डीगढी क्षेत्रमा समेत हाल व्यावसायिक रुपमा अदुवा उत्पादन हुँदै गइरहेको ज्ञान केन्द्रले जनाएको छ । समयअनुसार उचित मूल्य नपाएपछि कृषकले विगतजस्तो व्यापकरुपमा अदुवाखेती विस्तार गर्न छाडेको कृषक बताउँछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ३ : ०६ बजे

आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ

काठमाडौं- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अधिनायकवादी

जेन-जी र स्थानीयवासीको नाममा सेयर माग्न थालेपछि हैरान हुन थाले लगानीकर्ता 

काठमाडौं– जेन-जी र स्थानीयवासीको नाममा जलविद्युत आयोजनाहरूमा निःशुल्क सेयर, छुट्टै रोयल्टी

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूको नामावली

जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’

काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो

जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्‍यो सम्मान

काठमाडौं– भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका