अभियुक्त सार्वजनिक « Khabarhub

अभियुक्त सार्वजनिक


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न अपराधमा संलग्न रहेकालाई सार्वजनिक गरेको छ । परिसरमा आइतबार पत्रकार सम्मेलन गरी भक्तपुर नगरपालिका–९ च्याम्हासिंह चोकमा चोरी गरी ल्याइएका काठ र काठ बोक्ने बा ४ ख ३५९३ नंको निशान ट्रकसहित चोरीमा संलग्न व्यक्ति र चोरीका काठ किन्ने व्यापारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप गेलु गाउँपालिका–११ अमभोटे घर भई हाल काठमाडौँ जडीबुटीमा बस्ने १९ वर्षीय राजन नेपाली, रामेछाप गेलु गाउँपालिका–१ साउने घर भई हाल भक्तपुर सूर्यविनायक–६ बस्ने २४ वर्षीय मोहनलाल तामाङ, रौतहट राजदेवी नगरपालिका–८ लक्ष्मीपुर घर भई हाल सूर्यविनायक–३ बालकोट जयमा दुर्गा काठ फर्निचर सञ्चालक २८ वर्षीय रामविनय ठाकुर, सूर्यविनायक नगरपालिका–२ बालकोटका श्रीराम काठ फर्निचर सञ्चालक ४३ वर्षीय हरिगोविन्द श्रेष्ठ रहेका छन् ।

त्यसैगरी स्कुटरको प्रयोग गरी दुई जनाले गत २९ गते एकै दिन बिहान र दिउँसो सूर्यविनायकमा तथा अपराह्न भनपा–९ लिवालीमा पैदल हिँड्दै गरेका महिलाको हाते झोला लुट्ने गिरोहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

महानगरीय प्रहरी प्रभाग कटुञ्जेबाट खटिएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घटनामा संलग्न काभ्रे तिमाल गाउँपालिका–९ बस्ने १९ वर्षीय देव तामाङ भन्ने अविरल तामाङलाई पक्राउ गरेको र घटनामा संलग्न दुईको खोजी कार्य जारी राख्दै अनुसन्धान अगाडि बढाएको श्रेष्ठले बताए ।

त्यस्तै काभ्रे पनौती नगरपालिका–१० का ३२ वर्षीय चालक अजय परियार, सहचालक १९ वर्षीय रमेश परियार, मकवानपुर बागमती गापा–६ घर हुने २५ वर्षीय रमेश दाहाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । फरार दुई जनाको खोजी जारी राखी अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : ३७ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा