विमान खरिद सम्बन्धमा संसदीय समितिको निर्देशन पालना हुन्छ: मन्त्री भट्टराई « Khabarhub

विमान खरिद सम्बन्धमा संसदीय समितिको निर्देशन पालना हुन्छ: मन्त्री भट्टराई


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले केही दिन भित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

मन्त्री भट्टराईले संसद र संसदीय समितिले दिएका निर्देशन पूर्ण पालना गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । आइतबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री भएपछि पहिलो पटक उपस्थित भएका उनले विमान खरिद सम्बन्धमा संसदीय समितिले विगतमा दिएका निर्देशनहरु पालना गरेर अघि बढने योजना पनि सार्वजनिक गरे । उनले आफ्ना सबै कामकार्वाही पारदर्शी ढंगले अघि बढाउने अठोट पनि गरे ।

मन्त्री भट्टराईले आफ्नो मन्त्रालयमा राजनीतिक आस्थाका आधारमा कसैप्रति पूर्वाग्रह राख्ने अवस्था आउन नदिने पनि बताए । बैठकमा समितिका सदस्यहरुले विमान खरिद प्र्रकरणमा देखिएका सबै समस्या समाधान गरेर अघि बढन मन्त्री भट्टराईलाई सुझाव दिएका थिए ।

समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमान खरिद प्रकरणमा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा त्यस्ता समस्या आउन नदिने गरी काम गर्न मन्त्री भट्टराईलाई सुझाव दिए । उनले जनताको भावनामा चोट नपु¥याउने गरी सांस्कृतिक क्षेत्रको विकासमा लाग्नुपर्ने आवश्यक्ता रहेको पनि औल्याए ।

समितिका अर्का सदस्य अग्नीप्रसाद सापकोटाले नेपाल एयरलाईन्सलाई सरकार आफैले संचालन गरेर नेपालको हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्री भट्टराईलाई आग्रह गरे । त्यसैगरी समितिकै सदस्य पुष्पा भुसालले हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाएर मुलुकको पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउन मन्त्री भट्टराई सफलता मिल्ने विश्वास व्यक्त गरेका थिए । समितिका सदस्यहरुले मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि निर्माणाधिन विमानस्थलको निर्माणको कामलाई पनि समयमै पूरा गर्ने विश्वास पनि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ०३ बजे

परदेशको लाखमा लोभिँदा छुट्यो आमाको काख 

अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी