आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : प्रमुख थपलिया  « Khabarhub

आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : प्रमुख थपलिया 


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताएका छन् ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको प्रतिक्रिया दिए। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दलको आन्तरिक लोकतन्त्र व्यवस्थित गर्न र  नियमको पालना हुन नसक्दा दलसम्बन्धी उजुरी, गुनासो तथा मुद्दा मामिला आयोग र न्यायिक निकायमा क्रमशः बढ्दै गएको छ ।’

मतदाता सार्वभौम सम्पन्न भएको र  निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद वा बिक्री हुन्छ भन्ने कल्पनासम्म गर्न सकिन्न भन्दै प्रमुख आयुक्त थपलियाले मतदाता पैसामा बिक्री हुने वस्तु हो र रु भन्दै प्रतिप्रश्न गरे ।

निर्वाचन प्रणाली आफैँमा सस्तो र महँगो नहुने हुँदा प्रणालीबारे आयोगको कुनै टीकाटिप्पणी नरहने उनको भनाइ थियो । मुलुकलाई समृद्ध र लोकतन्त्रलाई सुदृढ तुल्याउने जिम्मेवारीमा रहेका दलका कार्यकर्ता र उम्मेदवारहरूले निर्वाचनमा मरेका मानिसका नाममा मतदान गर्न प्रेरित गर्छन् भन्नेमा विश्वास गर्न नसकिने बताए । 

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने आयोगको चाहना रहेको बताउँदै प्रमुख थपलियाले लोकतान्त्रिक व्यवस्थाको निर्वाचनमा जाँदा राजनीतिक दलले आफ्ना एजेण्डा लिएर मतदातामा जानुपर्ने बताए। 

यसअघि बैठकमा सदस्यले पछिल्लो राष्ट्रपति निर्वाचनका अघिल्लो नजिरलाई बेवास्ता गरिएकाले गलत अभ्यास भएको प्रतिक्रिया दिए।

निर्वाचन योगदान, निष्ठा, सिद्धान्त र मन जित्न हुनुपर्नेमा पैसा र प्रभावका आधारमा नतिजा उल्टाउने भएको बताउँदै सदस्यले संविधानको मर्मअनुसार अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चिता गर्नेतर्फ अघि बढ्न आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ०८ बजे

ईश्वर पक्षको विमतिबीच एमालेको विधान संशोधन, पदाधिकारी १९, केन्द्रीय कमिटी ३०१ सदस्यीय  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरेका

अष्टलक्ष्मी र सुरेन्द्रको प्रस्ताव : ७० वर्षे र दुई कार्यकाल लागू गरौँ, ओलीसहित हामी सबै वृद्ध हौँ

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशन अगाडि बसेको केन्द्रीय कमिटी बैठकमा

एमालेको ११औँ महाधिवेशन : अष्टलक्ष्मी शाक्यको फरक मत, विधान संशोधनको कडा विरोध

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ

याङ्गो राइडद्वारा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक

काठमाडौं– विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा नयाँ सुरक्षा

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके– जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा