स्वास्थ्य व्यवसायी परिषदका चार सदस्यको मनोनयन गैरकानुनी ठहर « Khabarhub

स्वास्थ्य व्यवसायी परिषदका चार सदस्यको मनोनयन गैरकानुनी ठहर


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा मनोनित गरेको चार जना सदस्यलाई उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको छ। यससँगै चार जना पदमुक्त हुने भएका छन्।

परिषद ऐन अनुसार निर्वाचनबाट चुनिएर आउनु पर्ने पदमा स्वास्थ्य मन्त्रालयले चार जनालाई मनोनित गरेको थियो। मन्त्रालयको उक्त निर्णयविरुद्ध बल बहादुर सिंजालीले उच्च अदालतमा रिट दायर गरेका थिए। सिंजाली रिटको सुनवाई गर्दै उच्चले उनीहरूको मनोनयन गैरकानुनी ठहर गरेको हो।

न्यायाधीशहरू रमेश ढकाल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त फेसला गरेको हो। फैसलासँगै परिषदमा सदस्य मनोनित भएका तोपबहादुर थापा, माइकल देवकोटा, शालिक राम धिताल र राम विनोद महतो पदमुक्त हुने भएका छन्। 

धितालले यसअघि नै राजीनामा दिइसकेका थिए। परिषद ऐन अनुसार उक्त पदमा निर्वाचनबाट सदस्यहरू निर्वाचित भएर आउनु पर्ने हुन्छ। अदालतको यो फैसलाले परिषदलाई निर्वाचन गर्ने बाटो खोलेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ५० बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत