लालुगाउँमा पहिलाे पटक बल्याे बिजुलि बत्ती « Khabarhub

लालुगाउँमा पहिलाे पटक बल्याे बिजुलि बत्ती


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कालिकोट– कालिकोट नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइनले जोडिएको छ ।  गाउँमा थ्रीफेज वितरण ट्रान्सफर्मर जडान तथा सञ्चालन भएको हो ।

पहिलो पटक गाउँमा विद्युत्को ११ केभी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि वडाका दुई सय घरधुरीमा विद्युत् पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।

‘विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीवनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको छ’, उनले भने, ‘राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो ।’

विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुने वडाध्यक्ष बोहोराले बताए ।

‘अहिले यहाँका करिब एक हजार घरधुरीमा अबको करिब एक महिनाभित्र बत्ती बाल्ने योजना छ’, उनले भने, ‘पहिलो चरणमा दुई सय घरधुरीमा विद्युत् जडान गरिएको छ ।’

कालीकोटका नौ स्थानीय तहमध्ये आठ वटामा बिजुली पुगेको र पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए ।

‘विद्युत् पुगेका पालिकाको वडा, प्रत्येक टोलमा प्रसारण लाइन जडानको काम चलिरहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा जिल्लाभर विद्युत् विस्तार गर्ने लक्ष्य राखिएको छ ।’

जिल्लामा कुल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म पाँच हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : १० बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु