उपराष्ट्रपति यादव र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट « Khabarhub

उपराष्ट्रपति यादव र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध आर्थिक सहयोगलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको बताए ।

“जापानले नेपाललाई अनुदान, ऋण, बहुपक्षीय निकायबाट आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ”, उनले भने, “औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी लाभान्वित हुन चाहन्छौँ ।”

त्यस अवसरमा जापानी राजदूतले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जापानबाट नेपाललाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई मुलुकबीचको सम्बन्ध प्रगाढ बन्दै गएको छ । जापान नेपालको प्रमुख विकास साझेदार पनि हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ८ : ४१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर