कार्यक्रम कार्यान्वयन गर्न बजेट नै भएन : मन्त्री आचार्य « Khabarhub

कार्यक्रम कार्यान्वयन गर्न बजेट नै भएन : मन्त्री आचार्य


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण विभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले बजेट अभावका कारण कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए ।

बैठकमा उनले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्नेमा जोड दिए । मन्त्री आचार्यले अपाङ्गता परिचयपत्र डिजिटल प्रविधि मार्फत वितरण गर्नुपर्नेमा जोड दिए ।

साहायक सामाग्री वितरण कार्यक्रमहरुलाई तीनै तहका सरकारबीच समन्वयनका आधारमा अघि बढि बढाउनुपर्ने उनले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन सम्बन्धी विषयमा राष्ट्रियसभाबाट स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयनमा मन्त्रालयले बिशेष ध्यान दिने मन्त्री आचार्यले बताए ।

बैठकमा समिति सदस्यहरुले अपाङ्गता भएका लागि प्रभावकारी नीति बनाउनुपर्ने, राज्यका तर्फबाट आवश्यक सामाग्रीहरुको वितरण हुनुपर्ने लगाएतका सुझाव दिएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : २० बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध