नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी | Khabarhub Khabarhub

नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।

किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो ।

नेदरल्याण्ड्सका म्याक्स ओडडको बलमा अनिल साहले चौका प्रहार गर्दै नेपाललाई फराकिलो जित दिलाए । नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे ।

३६ बलको सामना गरेका अनिल साहले ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाए । त्यसैगरी, ४५ बल खेलेका आशिफ शेखले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाए । यसअघि ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै केबल १ सय ३७ रनमा समेटियो । नेपालका लागि कुशल भुर्तेल एक्लैले ४ विकेट लिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  २ : ०३ बजे

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर

मनसुन फेरि सक्रिय हुँदै, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व