चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु « Khabarhub

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताए ।

नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै उनले जीविकोपार्जनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। सतहत्तरवटै जिल्लामा फैलिएका लघुवित्तले गाउँगाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको उनको भनाइ थियो ।

मन्त्री महतले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गरे। नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाले २१ प्रतिशत जनसङ्ख्या औपचारिक वित्तीय पहुँचमा नरहेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरे । समावेशी विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाइ थियो ।

आयोजक समितिका अध्यक्ष शङ्करमान श्रेष्ठले गरिब र विपन्न परिवारलाई नै लक्षित गरेर लघुवित्तको सुरुआत भएकाले बाटो बिराएकाहरू सही बाटोमा आउनु अहिलेको आवश्यकता रहेको बताए। नेपालमा तीन दशकअघिदेखि सेवा थालेका लघुवित्तले महिला, गरिब र विपन्नलाई एउटा युगबाट अर्कै युगमा लगेको उनको भनाइ थियो ।

लघुवित्तमा पछिल्लो समय समस्या आउनुमा सहकारी संस्थाकै कमजोरी रहेको उनको भनाइ थियो । नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष रामबहादुर यादवले लघुवित्तको क्षेत्र विषम परिस्थितिबाट गुज्रिएको समयमा भएको यो सम्मेलनको ठूलो महत्व राख्ने बताए । 

विश्वका अरु थुप्रै देशमा लघुवित्त सम्मेलन हुने गरेको तर लघुवित्त सदस्य सम्मेलन भने नेपालमा मात्रै हुने गरेको भन्दै यादवले नेपालमा लघुवित्तहरूले कसरी आफूलाई सुधार गर्दैछन् भन्ने राम्रो प्रमाण यो सम्मेलनलाई पनि लिन सकिने उनले बताए।

लघुवित्त अभियन्ता तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले आफू सांसद बन्नुमा लघुवित्तकर्मी महिला र गरिबहरूको योगदान रहेको बताए । सरकारले लघुवित्त सुधारका लागि विभिन्न नीति र भाषण गरे पनि व्यवहारमा लागू नभएको भन्दै मण्डलले लघुवित्तलाई देखाएर राजनीति गर्ने क्रम बढेको भन्दै असन्तुष्टि जनाए। 

आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवालालगायत आठ सयभन्दा धेरै सहभागी छन् । 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ५ : ३९ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट