प्रधानमन्त्री मोदीको सिद्धान्त- न्यूनतम सरकार अधिकतम शासन « Khabarhub

प्रधानमन्त्री मोदीको सिद्धान्त- न्यूनतम सरकार अधिकतम शासन


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सबैभन्दा ठूलो सिद्धान्त नै ‘न्यूनतम सरकार, अधिकतम शासन’ रहेको बताएका छन् ।

यूएईको दुबईमा आयोजित विश्व शासन सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जनताको जीवनमा कमभन्दा कममात्रै सरकारी हस्तक्षेप हुनुपर्ने उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सम्मेलनमा उनले विश्वव्यापी मञ्चहरुमा सुधार सबैको समान प्रतिनिधित्व हुनुपर्ने जिकिर गरे ।

प्रधानमन्त्री मोदीले विकासशील एवम् ‘ग्लोबल साउथ’ मा रहेका मुलुकहरुलाई पनि विश्वका निर्णायक मञ्चहरुमा अधिक प्रतिनिधित्व दिइनुपर्ने उल्लेख गरे ।

कोरोना भाइरसको महामारीपछि विश्वका विभिन्न मुलुकमा सरकारमाथि जनताको विश्वासमा गिरावट आएको उनको भनाइ छ । यद्यपि भारतमा भने त्यसको विपरीत अवस्था रहेको बताउँदै उनले सरकारप्रति भारतीय जनताको विश्वास भने बढेर गएको उल्लेख गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ४ : ३६ बजे

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले