यस्ता गुण हुने व्यक्ति कहिल्यै असफल हुँदैनन् | Khabarhub Khabarhub

यस्ता गुण हुने व्यक्ति कहिल्यै असफल हुँदैनन्


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाणक्य नीति भनेको चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरू लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरू यसमा रहेकाले यो  विश्वभर पढ्ने गरिन्छ । जीवनमा सफल हुन चाहिने प्रमुख अस्त्र भनेको मेहनत हो ।

आचार्य चाणक्यले आफ्नो नीतिमा  उल्लेख गरेका कुरालाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ भनेर उल्लेख गरेका छन् ।

– सफलता प्राप्तिका लागि पहिलो कुरा भनेको खुलापन हो । यसको अर्थ व्यक्तिले आफ्नो कान, आँखा र दिमाग सधैँ खुला राख्नु हो । जसले गर्दा उ आसपासमा भइरहेका घटनाप्रति सचेत बन्न सक्छ, जसले उ त्यस कुरामा असफल हुँदैन ।
– जस्तोसुकै कठिन समय र परिस्थितिको पनि सामना गर्न सक्ने मान्छे जीवनमा कहिल्यै असफल हुँदैन ।
– मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धि दिगो हुँदैन । सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । त्यसैले मेहनत गर्ने व्यक्ति  सफल हुन्छन् ।
– ज्ञानको अर्थ, विषयको जानकारी हो । त्यो किताब पढेर मात्रै प्राप्त हुँदैन । राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकारात्मक सोच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन ।

– व्यक्तिले कहिल्यै पनि सबै धन व्यय (खर्च) गर्नु हुँदैन । एक दिन हरेकको नराम्रो समय आउन सक्छ । यस कारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्छ । धन सञ्चित गरेर राख्ने व्यक्तिले कहिल्यै अरूको सामु हात फैलाउनु पर्दैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : २३ बजे

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेन-जीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको

गृहमन्त्री अर्यालले सार्वजनिक गरे एक महिने प्रगति विवरण (पूर्णपाठ)

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण

पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी

काठमाडौं । नेकपा एमालेका नेता राजिब पहारीले पार्टीका सबै कमिटीमा