इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सीले खेले बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सीले खेले बराबरी


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले बराबरी खेलेका छन् ।

गएराति सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले एक–एक गोल गर्दै अंक बाँडेका छन् ।

चेल्सीका रहिम स्टर्लिङ र म्यानचेस्टर सिटीका रोड्रीले एक–एक गोल गरेका थिए ।

खेलको ४२औँ मिनेटमा चेल्सीका स्टर्लिङले सुरुवाती गोल गरेका थिए भने ८३औँ मिनेटमा म्यानचेस्टर सिटीका रोड्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै म्यानचेस्टर सिटी २४ खेलबाट ५३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको चेल्सी ३५ अंकसहित १०औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ०५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका