सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार सिल्भिया राजोपाध्यायलाई « Khabarhub

सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार सिल्भिया राजोपाध्यायलाई


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पत्रकार सिल्भिया राजोपाध्याय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार काठमाडौँ भएको १२औँ साधारणसभामा रेडियो पत्रकारितामा गरेको योगदानको कदर गर्दै राजोपाध्यायलाई पुरस्कृत गरिएको हो ।बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उनलाई पुरस्कृत गरे ।

यस्तै, भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार मेट्रो एफएममा क्रियाशील पत्रकार उदेन मानन्धर, ज्ञानदेवी–मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार रामेछापका पत्रकार युवराज श्रेष्ठ, ज्ञानज्योति–लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार माउण्टेन टेलिभिजनका नेपालभाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्य, बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार बुद्धशरण शाही र श्रीरामस्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिएको छ ।

यस्तै, सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आदिवासी जनजाति पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष डण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, पुरस्कार समितिका संयोजक सुनील महर्जन, दबूको काठमाडौँ शाखाका अध्यक्ष अर्विनमान सिंह, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, पुरस्कृत पत्रकार राजोपाध्यायलगायतले आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ८ : ३४ बजे

नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड ऋण स्वीकृत

काठमाडौं– नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले थप

सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल 

काठमाडौं– सरकारी अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका तथा बिग्रिएका स्वास्थ्य उपकरणहरूको

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

धनुषा– दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ

बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

काठमाडौं– आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको

स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ९ वटा सरकारी