सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार सिल्भिया राजोपाध्यायलाई | Khabarhub Khabarhub

सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार सिल्भिया राजोपाध्यायलाई


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पत्रकार सिल्भिया राजोपाध्याय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार काठमाडौँ भएको १२औँ साधारणसभामा रेडियो पत्रकारितामा गरेको योगदानको कदर गर्दै राजोपाध्यायलाई पुरस्कृत गरिएको हो ।बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उनलाई पुरस्कृत गरे ।

यस्तै, भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार मेट्रो एफएममा क्रियाशील पत्रकार उदेन मानन्धर, ज्ञानदेवी–मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार रामेछापका पत्रकार युवराज श्रेष्ठ, ज्ञानज्योति–लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार माउण्टेन टेलिभिजनका नेपालभाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्य, बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार बुद्धशरण शाही र श्रीरामस्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिएको छ ।

यस्तै, सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आदिवासी जनजाति पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष डण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, पुरस्कार समितिका संयोजक सुनील महर्जन, दबूको काठमाडौँ शाखाका अध्यक्ष अर्विनमान सिंह, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, पुरस्कृत पत्रकार राजोपाध्यायलगायतले आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ८ : ३४ बजे

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय