शुक्लागण्डकी महोत्सवमा पातको माला प्रयोगमा « Khabarhub

शुक्लागण्डकी महोत्सवमा पातको माला प्रयोगमा


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक समिको पातबाट बनाइएको माला र स्थानीय फूल प्रयोगमा ल्याइएको हो । साथै महोत्सवमा खादा र ब्याच प्रयोग गरिएको छैन ।

महोत्सव उद्घाटनका अवसरमा समिबाट बनेका माला आमन्त्रित व्यक्तिहरूलाई लगाइएको थियो । अन्य दिनहरूमा पनि अतिथि र कलाकारलाई स्थानीय माला प्रयोग गरिएको अतिथि सत्कार उपसमिति संयोजक जोशीला थापाले जानकारी दिइन् ।

शुक्लागण्डकी नगरपालिका– ६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीले सो माला बनाएका हुन् ।

उनीहरूले उत्पादन गरेका बाँसका सामग्री महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएको वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । उनले भने, ‘तालिमको समापनका अवसरमा समि र फूल मिलाएर माला बनाएका थिए । सोही मालालाई महोत्सव आयोजकसँग कुरा गरी प्रयोगका लागि अनुरोध गरिएको हो । आयोजकले प्रतिमाला ३० रुपैयाँ दिएका छन् ।’

महोत्सव मूल संयोजक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमलप्रसाद रिमालले स्थानीयले उत्पादन गरी उपलब्ध गराउँछौँ भनेपछि आयोजकले उनीहरूलाई प्रोत्साहनका लागि पनि स्थानीय मालालाई नै प्राथमिकता दिएको बताए । उनले भने, ‘यस क्षेत्रमा अहिले फूल छैन, अतिथि सत्कारका लागि हामीले पनि बाहिरबाट खरिद गरी ल्याउनुपर्ने हुन्थ्यो ।’

तालिम लिएकी मधु थापाले तालिम सकिनेबित्तिकै आफूहरूको उत्पादनलाई प्राथमिकता दिएकामा धन्यवाद दिए । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री वितरणका लागि स्टल निःशुल्क व्यवस्था गरिएको छ ।

स्थानीयस्तरमा उत्पादित कृषि, घरेलुलगायतका सामग्री बिक्री वितरण र प्रदर्शनीका लागि स्टल निःशुल्क गरिएको सङ्घका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिए ।

महोत्सवमा अटोमोबाइल, होटललगायत अन्य व्यावसायिक स्टलसमेत गरी कुल एक सय ८० स्टल रहेका छन् । महोत्सवमार्फत शुक्लागण्डकी नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमार्फत नै दगामस्थित घरबास (होमस्टे)को प्रचार–प्रसार र प्रवर्द्धन गरिने उनको भनाइ छ । फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब तीन करोड आर्थिक कारोबार हुने लक्ष्य छ । त्यस्तै दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरका कलाकारलाई समावेश गरिनेछ । यसैगरी महोत्सवको अवसरमा विद्यालयस्तरीय नृत्य, भलिबल, रत्यौली, गण्डकी गायन, र कौरा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : ०३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको