वित्तीय क्षेत्रका समस्या समाधान गर्न बैंकिङ कसुर तथा सजाय विधेयक ल्याइएको हो : मन्त्री महत « Khabarhub

वित्तीय क्षेत्रका समस्या समाधान गर्न बैंकिङ कसुर तथा सजाय विधेयक ल्याइएको हो : मन्त्री महत


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न बैंकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक ल्याइएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले चेक अनादारमात्रै नभइ समग्र बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधित विधेयक ल्याइएको बताएका हुन् ।

उनले विधेयकमा बैकिङ्क कसुरको सजायलाई व्यवस्थीति र निरुत्साहित गर्ने व्यवस्था राखिएको जानकारी दिए । विद्युतीय आर्थिक अपराधलाई नियन्त्रण गर्न मन्त्रिपरिषदबाट अघि बढाएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ऐन संसदमा पेश गर्न लागिएको उनले बताए । यस विधेयकमा समेटिन नसकिएका विषयलाई बाफिया ऐनमा समावेश गरिने उनको भनाइ छ ।

बैठकले बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ४१ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक