सडकमा दूध पोखेर चितवनका किसान आन्दोलनमा उत्रिए « Khabarhub

सडकमा दूध पोखेर चितवनका किसान आन्दोलनमा उत्रिए


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

चितवन- सरकारले भुक्तानी नदिएको भन्दै चितवनका किसानहरु सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरुले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

किसानहरुले सडकमा दूध पोख्नुका साथै किसानको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र पनि बुझाएका छन् । उक्त अवसरमा सरकारले आफूहरुको आन्दोलनलाई बेवास्ता गरे अझ सशक्त आन्दोलन गर्ने अध्यक्ष बगालले बताए ।

किसानहरुले उत्पादन गरेको दूध बिक्रीको व्यवस्था र किसानले भुक्तनी पाउनुपर्ने माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

चितवनका किसानहरुले साउन महिना देखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । त्यस्तै, ५ दिनदेखि दूध बिक्री नभएको उनीहरुको भनाइ छ । चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दूध बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को