टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह | Khabarhub Khabarhub

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष कार्यक्रमका साथ ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।

१०४ वर्षीय जहानियाँ शासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको बलमा राणा शाहीले घुँडा टेक्न पुगेको दिन २००७ साल फागुन ७ गतेको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा मूलसमारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको थियो ।

साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : ४३ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक