अनलाइन भुक्तानी प्रणाली सञ्जाल जोड्न भारत र यूएईबीच समझदारी « Khabarhub

अनलाइन भुक्तानी प्रणाली सञ्जाल जोड्न भारत र यूएईबीच समझदारी


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको अनलाइन भुक्तानी प्रणाली यूपीआईलाई यूएईको भुक्तानी प्रणाली एएएनआईको सञ्जालसँग जोड्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यूएई भ्रमणका क्रममा यस विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

हस्ताक्षर समोरोहमा प्रधानमन्त्री मोदीसँगै यूएईका राष्ट्रपति मोहम्मद बिन जयेद अल नहयानको पनि उपस्थिती रहेको एएनआईले जनाएको छ । यस सम्झौताले भारत र यूएईबीच अन्तरदेशीय भुक्तानीमा सहजता आउने अपेक्षा गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले यस सम्झौतासँगै एक मुलुकबाट अर्को मुलुकमा लगानीको सम्भावना पनि बढेर जाने विश्वास व्यक्त गरेको छ ।

भुक्तानी प्रणालीमा साझेदारीबाहेक दुई मुलुकबीच विभिन्न आर्थिक क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि समझदारीपत्रमा हस्ताक्षर भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : ४४ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध