मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा बागमती सबैभन्दा खराब | Khabarhub Khabarhub

मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा बागमती सबैभन्दा खराब


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा यस्तो नतिजा समेटिएको हो ।

सार्वजनिक नतिजा अनुसार नकारात्मकबाट बागमती पहिलो, मधेश दोस्रो र कोशी तेस्रो छन्। त्यसैगरी सकारात्मक नतिजाबाट सुदूरपश्चिम पहिलो, गण्डकी दोस्रो र कर्णाली तेस्रो स्थानमा आएका छन्।

सन् १९९२ देखि वर्ष पुस्तक निकाल्दै आएको इन्सेकले ‘नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घन सूचकाङ्क समेटेको यो नै पहिलो रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताए।

शारीरिक हिंसा प्रतिबिम्बित हुने मानव अधिकार उल्लङ्घनको समग्र सूचकाङ्कमा ८५.२४ अङ्कसहित बागमती सबैभन्दा खराब अवस्थामा छ।

मधेशको ६४.३९, कोशीको ४९.८१, लुम्बिनीको ४२.१२, कर्णालीको ३१.२५, गण्डकीको १६.३६ र सुदूरपश्चिमको ९.५१ अङ्क रहेको सूचकाङ्कमा समावेश गरिएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ०९ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण