बाजुरामा वर्षासँगै हिमपात, किसान खुसी « Khabarhub

बाजुरामा वर्षासँगै हिमपात, किसान खुसी


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

बाजुरा– वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । ६ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् ।

पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो ।

बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ ।

बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् ।

चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।

लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा वर्षा र हिमपात हुँदा किसान खुसी भएका हुन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताए । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए ।

हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ५९ बजे

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं– राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

सुराबाया– इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा