पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी « Khabarhub

पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

धनकुटा– खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरूलाई पुनः जीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षात्को पानी जम्मा गर्ने रिचार्ज पोखरीहरू बनाउन शुरु गरिएको छ ।

मौसम सेवा प्रणाली स्थापनाका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को प्राविधिक सहयोग तथा गैरसरकारी संस्था हुसाडेक नेपाल धनकुटाको सहकार्यमा धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा रिचार्ज पोखरी निर्माण सुरु गरिएको हो । 

जलाधार र मुलाधार क्षेत्रलाई रिचार्ज गर्न लक्षित गरी धनकुटा नगरपालिकाका १० वडामध्ये आठ र छथर गाउँपालिकाको छ मध्येदुई वडामा रिचार्ज पोखरी निर्माण भइरहेको हुसाडेकका अध्यक्ष सरोज भुजेलले जानकारी दिए।

गत वर्षबाट पाँच वर्षमा सक्ने गरी शुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत हालसम्म धनकुटा नगरपालिकामा २२ वटा र छथर जोपाटीमा ५८ वटा रिचार्ज पोखरी निर्माण गरिएको उनले जानकारी दिए। “नयाँ रिचार्ज पोखरी निर्माण तथा पुराना पोखरी पुनःनिर्माण कार्यक्रमले सुक्दै गएका पानीका मुहानमा पानीको वृद्धि भइहेको छ”, भुजेलले भने। 

यसअघि ईसिमोडसँग सम्बन्धित स्थानीय तहका वडाध्यक्षहरुले आफ्नो क्षेत्रमा रहेको सामुदायिक वनसँगको सहकार्यमा रिचार्ज पोखरी बनाउने प्रतिबद्धता जनाएका थिए । जसअनुसार छथर जोरपाटी गाउँपालिकामा गत वर्षबाट पोखरी निर्माण सुरु भएको र धनकुटा नगरपालिकामा यस वर्षबाट वडा नं १ मा काम शुरु गरिएको भुजेलले जानकारी दिए।

वडाले धनकुटा बजार र हिले बजारलाई ल्याइएको खानेपानी जलाधार तथा मूलाधार रहेको राना टोल क्षेत्रमा १७ वटा रिर्चाज पोखरी निर्माण गरिएको वडाध्यक्ष वङ्द तामाङ्गले जानकारी दिए।

आफूहरूलाई इसिमोडले भारतको सिक्किम भ्रमण लगेर रिचार्ज पोखरीको माध्यमबाट खानेपानी मुहानहरु जीवित भएको देखाएपछि यो काम गर्न आफू उत्साहित भएको तामाङले बताए । चालु आर्थिक वर्षमा वडाको जलाधार तथा मूलाधार क्षेत्रमा ७० देखि एक सय वटासम्म रिचार्ज पोखरी निर्माण गरिने उनले जानकारी दिए।

खानेपनी तथा मूलपानी संरक्षणका लागि तोकिएका सबै वडाहरूमा पनि रिचार्ज पोखरीको कार्यक्रमलाई निरन्तरता दिइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १२ : २१ बजे

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं– राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

सुराबाया– इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा