नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या « Khabarhub

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लेगोस- नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसिभ काङ्ग्रेस (एपीसी) पार्टीका प्रवक्ताको हत्या भएको छ । अज्ञात बन्दुकधारी समूहले प्लेटो राज्यमा यसै सप्ताहन्तमा उनको हत्या गरेको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।

शनिबार राति पाङ्कशिन क्षेत्रस्थित विश्राम स्थलमा बन्दुकधारीहरूले आक्रमण गर्दा प्लेटो राज्यका एपीसी प्रचार सचिव सिल्भानस नामाङको मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “अपहरणकारी भएको आशङ्कामा ७ जना बन्दुकधारीहरू पाङ्कशीन-जोस सडकको छेउमा रहेको विश्राम केन्द्रमा प्रवेश गरी मालिकको अपहरण गरेका थिए ।”

डिस्ट्रेस कल प्राप्त गरेपछि प्रहरीले घटनास्थलमा टोली पठाएको थियो जसले अपहरणलाई विफल पार्‍यो । यद्यपि आक्रमणकारीहरूसँग गोली हानाहान भएको थियो । सबै जना संदिग्धहरू गोली लागेर भागेका छन्  ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : १६ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात